काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय देखिएकी छन्। हिजो मात्रै (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेकी थिइन् ।
त्यस्तै आज पनि बिहानै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । केही समय अगाडि शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले आज दिउँसो एक बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछाडी सारेका छन् ।
सचिवालय बैठक बोलाइएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर सचिवालय बैठक टार्न खोजेका छन् ।भने यता प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बालुवाटारमा दिउँसो एक बजे नै बस्ने जानकारी दिएका छन्।