यूईएफए नेसन्स लिग अन्तर्गत समूह डी को अन्तिम खेलमा स्पेनले जर्मनीवरुद्ध शानदार जित निकालेको छ। गय राति भएको खेलमा स्पेनले जर्मनीलाई ६–० गोलको नमिठो हार चखाएको हो।
स्पेनको ऐतिहासिक जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले समान १–१ गोल गरको थिए।
खेलको १७ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाए।
त्यस्तै ३३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। आक्रामक देखिएको स्पेनको लागि ३८ औं मिनेटमा रोड्रीले गोल गरे। खेलको पहिलो हाफमा नै स्पेनले ३–० को अग्रता बनाउन सफल भयो।
तर, स्पेनको गोल गर्ने क्रम त्यहीँ रोकिएन। खेलको दोस्रो हाफमा स्पेनले थप ३ गोल ग¥यो। टोरेसले ५५ औं मिनेटमा व्यक्तिगत दोश्र गोल गर्दा स्पेन ४–० गोलले अघि बढ्यो। शनसनीपूर्ण प्रदर्शन गरेका टोरेसले ७१ औं मिनेटमा ह्याट्रिक पूरा गरे। ९० औं मिनेटमा ओयारज्बालले गोल गर्दैे स्पेनको फराकिलो जित पक्का गरे।
जितसँगै स्पेन यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ। समूहको शीर्षस्थानमा रहेको स्पेनले ६ खेलबाट ११ अंक जोड्यो भने दोस्रो स्थानको जर्मनीले ६ खेलमा ९ अंक जोडेको छ।