काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक १ बजे नै बस्ने निश्चित भएको छ। बैठक सार्ने तयारीमा रहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा तोकेकै समयमा बैठक राख्न तयार भएका हुन् ।
प्रधानमन्त्री ओली बैठकका लागि तयार नभए पनि बालुवाटारमा १ बजे नै बैठक राख्ने चेतावनी बहुमत सचिवालय सदस्यहरूले दिएका थिए।
सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकलाई १ घण्टा पछाडि सारेका छन् ।