काठमाडाैं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोराेना संक्रमणमुक्त भएर घर फर्किएका छन्। निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना भएका केसी मंगलबार अस्पतालमुक्त भएका हुन्।
अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकाे थियाे। नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन्।