काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकि छिन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
सो अध्यादेश आएपछि मुलुकमा कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ।