काठमाडौं – चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर ठगी गरेको पाइएको हुँदा नेपाल प्रहरीले यस्तो प्रलोभनमा नपर्न अनुरोध गरेको छ।
विदेशी नंवर, भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायत प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेकोले यस्तो विदेशी नंबरबाट फोन आएमा नजिकैको प्रहरी कार्यालयमा उजुरी गर्नसमेत नेपाल प्रहरीले आग्रह गरेको छ।