दार्चुला– जिल्लाका दुईवटा नाका दुई दिन खुला गरिने भएको छ। व्यासी सौका समुदायको बसाइँसराइलाई मध्यनजर गर्दै सीमा पुल दुई दिन खुला गर्न लागिएको हो। व्यासमा रहेको सीतापुल नाका बुधबार खोलिएको छ।
व्यास कुञ्जा वासीलाई सदरमुकाम खलङ्गा झर्न पुल खोलिएको हो। यस्तै व्यासी खलङ्गा पुगेको दिन यही मङ्सिर ८ गते दार्चुला–धार्चुला जोड्ने पुल खुला हुने जनाइएको छ।
यस्तै मङ्सिर १९ गते सीतापुल पुनः खोलिनेछ। छाङ्गरुको कुञ्चा–खलङ्गा पुग्ने दिन मङ्सिर २४ गते दार्चुला–धार्चुला जोड्ने पुल खुला हुने छ। स्वदेशकै बाटो भएर खलङ्गा आउन सकिने अवस्था नरहेपछि व्यासी सौका समुदायहरुले भारतको बाटो प्रयोग गर्दै खलङ्गा आएका हुन्।
बुधबार छाङ्गरुका ६० परिवारको कुञ्चा– खलङ्गा झरेका छन्। सीतापुल नाकाबाट भारतको बाटो भएर कुञ्चा– खलङ्गा झरेको व्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए। तिङ्करबाट खलङ्गा पुग्न पाँच दिन लाग्ने बताइएको छ।