नेपाली समाजमा यौनका विषयमा खुलेर कुरा गर्न सकिने अवस्था छैन। यदि कसैले गरिहाल्यो भने उसलाई समाजको कलंकको उपनाम दिइन्छ अनि कुसंस्कारमा हुर्किएको मानिन्छ। तर, पश्चिमी संस्कृतिमा भने यौन सामान्य विषय मानिन्छ।
यौन मानव जीवनकाे एउटा पाटो हो। जीवनमा अन्य वस्तुहरू आवश्यक भएजस्तै याैन सम्बन्ध पनि आवश्यक छ। मानिसमा यौनइच्छा हुनु सामान्य कुरा हो। पछिल्ला दिनहरुमा भएका अध्ययनले यौनसम्पर्क गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको देखाएका छन्। यहाँ यौनसम्पर्कबाट हुने केही फाइदाबारे चर्चा गरौं।
तनाव कम गर्छ
यौनसम्पर्कले मानिसको तनावलाई कम गर्छ। अंग्रेजीमा एउटा शब्द छ, ‘रिल्याक्स’। हो यौन सम्पर्कबाट ‘रिल्याक्सेसन’ मिल्छ। नियमित यौनसम्पर्कले मानिसमा काम गर्ने इच्छाशक्ति वृद्धि गराउँछ।
मुटु रोगको सम्भावना न्युन गर्छ
नियमित यौनसम्पर्क गर्दा मुटु रोगको सम्भावना न्युन हुने अध्ययनले देखाएको छ। यसबाट ब्लड प्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ।
उच्च रक्तचाप कम गर्छ
यौनसम्पर्कले उच्च रक्तचापलाई कम गर्न मद्धत गर्छ। नियमित यौनसम्पर्कले मानिसको इम्युन सिस्टम बलियो हुन्छ रे बिरामी पर्ने सम्भावना कम हुन्छ।
हृदयघातको सम्भावना कम
शारिरीक सम्बन्धले हृदयघात हुने सम्भावनामा कमी ल्याउँछ। शरिरलाई स्वस्थ राख्न पनि बेला–बेला शारिरीक सम्बन्ध राख्नु उपयुक्त मानिन्छ।
दिमागी क्षमता बढाउँछ
कतिपय अध्ययनले त यौनसम्पर्कबाट मानिसको दिमागी क्षमता समेत बढ्ने देखाएको छ। यसले स्मरणशक्ति वृद्धि हुन्छ।
प्रोस्टेट क्यान्सरबाट बचाउँछ
यौनसम्पर्कले पुरुषलाई प्रोस्टेट क्यान्सर अुनबाट बचाउँछ। जसको लागि महिनामा २१ पटकको पूर्ण यौनसम्पर्क आवश्यक पर्छ।
राम्रोसँग निन्द्रा पर्छ
कतिपय मानिसमा निन्द्रा नलाग्ने समस्या हुन्छ। निदाउन कै लागि मानिसहरु औषधीको प्रयोग गरिरहेका हुन्छन्। उक्त समस्याबाट छुटकारा पाउन बेलाबेला शारिरीक सम्बन्ध राख्दा उपयुक्त हुनछ। जसको कारण राम्रोसँग निन्द्रा लाग्छ।
आराम महशुस हुन्छ
शारिरीक सम्बन्ध राखेपछि शरिरमा ओक्सितोसिन र प्रोलेक्टिन हर्मोन बढेर जान्छ र आरामको महसुस हुन्छ।