काठमाडौं – होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना भाइरसको कारण मृत्यु भएको छ। ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हो।
सोल्टिमोडस्थित अमर होटेलका संचालकसमेत सहेका शाक्यमा दसैँपछि कोरोना संक्रमण पुष्टि भएको थियो । साथै उनमा निमोनियाँ देखिएको थियो ।