नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले काठमाडौंको दरबार मार्गमा रहेको भेन्चुरिनी शो–रुमको अवलोकन गरेका छन्।
भर्खरै मात्र नेपाल भित्रिएको इटालियन ब्राण्ड भेन्चुरिनी शो–रुमको अवलोकनका लागि उनी बिहीबार दरबारमार्ग स्थित वान दरबार मल पुगेका हुन्। भेन्चुरिनीलाई नेपाल भित्र्याएको कम्पनी नवसमृद्धि इन्टरप्राइजेजले उनलाई शो–रुममा स्वागत गरेको थियो।
भेन्चुरिनीका ब्राण्डका केहि सामाग्रीहरु बंगलादेशमा पनि उत्पादन हुने भएकोले राजदूत चौधरी उक्त शो–रुम हेर्नका लागि आफ्ना सहयोगीको दरबार मार्ग पुगेका थिए।
काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी गत कार्तिक २८ गते भेन्चुरिनीको शो–रुम उद्धाघन गरिएको थियो। शो–रुम उद्धाघनमा कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमको उपस्थिति थियो।
दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला) उपलब्ध छ। भेन्चुरिनी एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी हो।