प्रहरीले बाँकेमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको नरैनापुर गाउँपालिका–२ रोजनपुरुवाका सकिल सेक र उनका एक सहकर्मी रहेका छन्।
उनीहरुलाई सोही गाउँपालिका–१ मतनियाबाट गोरुको मासुहित पक्राउ गरिएको हो। गोरु काटेको खबर पाउनसाथ सिमा प्रहरी चौकी सुईया र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।