काठमाडौं – कात्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद बैठकले केही नियुक्ति र बढुवा गरेको छ । उक्त मन्त्रीपरिषदको निर्णय शुक्रबार (आज) सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषदकाे निर्णयअनुसार सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा गराई नेपाल कानुन आयोगमा पदस्पथान गरिएको छ । त्यस्तै डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्रांकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत पदस्पथापन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
त्यस्तै डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्रांकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत पदस्पथापन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
बैठकले अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ गतेदेखि लागू हुने गरी चार वर्षको लागि थप गर्ने र कोलम्बियाको बोगोटामा डा। सोराया स्टेला कारो भरगासलाई चार वर्षको लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नयाँ नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
बैठकले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा काठमाडौं महानगरपालिका वडा नं ३१ का उद्धवप्रसाद तिमल्सेनालाई नियुक्ति गरेको छ ।
नेपाली सेनाका सहायक रथी सन्तोष कुमार ढकाल समेत दुई सहायक रथी र चार महासेनानीको बढुवा गर्ने मन्त्रीपरिषद्काे निर्णय रहेकाे छ ।