झापामा शुक्रबार कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिएका हुन्।
योसँगै झापामा कोरोनाले मृत्यु हुनेको संख्या ९२ पुगेको छ। त्यस्तै, झापामा आज २९ जना कोरोना सङ्क्रमित थपिएका छन्। एघार स्थानीय तहमा १४ महिला र १५ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ।
बिर्तामोडमा पाँच, कनकाइमा तीन, अर्जुनधारामा दुई, गौरादहमा पाँच, मेचीनगरमा एक, बाह्रदशीमा एक, भद्रपुरमा तीन, हल्दिबारीमा एक, दमकमा सात र कमलमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ। योसँगै झापामा कोरोना सङ्क्रमितको संख्या ३ हजार १९७ पुगेको छ। रासस