भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ। भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि मंसिर ८ गते देखि मंसिर १२ गते सम्मका लागि नाका खुला गरिने भएको हो।
पेन्सनधारी नागरिकहरूले कोरोना भाइरका कारण सीमा नाका बन्द भएपछि गत चैतदेखि पेन्सन बुझ्न नपाएका हुँदा दुवै देशका स्थानीय प्रशासनको सहजीकरणमा नाका खुल्ला गरिएको हो।
नाका खुलेको समयमा अत्यावश्यक र आकस्मिक काम परेकाहरूले समेत आवतजावत गर्न पाउने प्रशाशनले जनाएको छ। नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्नेछ।