गण्डकी– वैवाहिक जीवनको २५औँ वर्ष पार गरेका उपलक्ष्यमा यहाँका एक दम्पतीले पोखरा महानगरपालिका– १७ सीतापाइलास्थित वृद्धाश्रममा खाद्यान्न एवं नगद सहयोग गरे छ।
हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल शिक्षण अस्पतालमा कार्यरत उहाँकी श्रीमती देवी बस्नेतले पोखरा वृद्धाश्रमलाई खाद्यान्न ताथ नगद सहयोग गरेका हुन्।
वैवाहिक वर्ष गाँठका नाममा अनावश्यक खर्च गरी भड्किलो बनाउने प्रचलन बढिरहेको वर्तमान अवस्थामा बस्नेत दम्पतीले रु १० हजार मूल्य बराबरका खाद्यान्न तथा नगद आज वृद्धाश्रममा पुगेर अध्यक्ष कुशुमकेशव पराजुलीलाई हस्तान्तरण गरे।
वृद्धाश्रमका अध्यक्ष पराजुलीले मानवीय सहयोगका भरमा आश्रम सञ्चालन हुँदै आएको र आश्रममा हाल ५५ जना आबद्ध रहेको जानकारी दिए।
प्रत्येक वर्ष दुवै जनाको एक महिनाको आम्दानी सामाजिक सेवामा समर्पित गर्दै आएको र आफ्ना सन्ततिलाई पनि सेवा भावनामा लाग्न प्रेरित गर्ने विश्वास बस्नेत जोडीको छ। विसं २०५२ मा स्थापना गरी जनस्तरबाट सञ्चालन हुँदै आएको छ।