पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै ८ सय ९९ संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालामा ८ हजार १ सय ४४ स्वाब परीक्षण गर्दा ६ सय ६१ महिला र १ हजार १३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
शनिबार आएको तथ्यांकसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ। उनीहरूमध्ये १ लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार १ हजार ३ सय ५ जनाको मृत्यु भएको छ। देशभरि २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरूमध्ये १७ हजार २ सय ६ जना होम आइसोलेसनमा छन्।
संक्रमितमध्ये ३ सय ३६ जनाको आइसियू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ। काठमाडौंका ६ सय ८५ जना, ललितपुरका १ सय ६५ र भक्तपुरका ४९ जना छन्।