काठमाडौं – अफगानिस्तानको राजधानी काबुलमा शनिबार (हिजो) करिब २३ राउण्ड रकेट आक्रमण भएको छ। उक्त आक्रमणमा आठ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना घाइते भएका छन्।
अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ। गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए।