काठमाडौं– नेपाली फिल्म निर्देशक सुरेश दर्पण पोखरेल विवाह बन्धनमा बाँधिएका छन्। निर्देशक पोखरेलले विराटनगरकी निशा कार्कीसँग शुक्रबार बिहे गरेका हुन्।
सुरेश र निशा विगत १ बर्षदेखि प्रेम सम्बन्धमा थिए। अमेरिका बस्दै आएका पोखरेल विवाहका लागि नेपाल आएका थिए।
पोखरेलले ‘निशाना, थ्रि लभर्स, मिस यू’ लगायतका चलचित्र निर्देशन गरेका थिए। उनको बिहेमा केही नेपाली फिल्मकर्मीको उपस्थिति रहेको थियो।