स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आशंकामा स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को निर्णयअनुसार सबै प्रयोगशालाले नमुना संकलन गरेपछि नेगेटिभको हकमा १ महिना र पोजेटिभको हकमा ३ महिना स्टोर गरी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।