काठमाडाैंमा हाल रहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल र भक्तपुरमा रहेकी प्रजिअ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ।
उनीहरुको सरुवासँगै दुबै जिल्लामा नयाँ प्रजिअ आएका छन्। काठमाडौंमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराई आएका हुन्।
पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका प्रजिअ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए। धनुषा जिल्लाको प्रजिअको जिम्मा बन्धु बाँस्तोलाले पाएका छन्।