प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका छन्। उनी ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारीका लागि सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमा प्रस्थान भएका हुन्।
प्रधानमन्त्रीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए। फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै छ।
ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई पनि जाने कार्यक्रम रहेको चापागाईंले जानकारी दिए।
प्रधानमन्त्री यो क्षेत्रमा मंसिर ५ गते नै आउने कार्यक्रम थियो।