इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गको खेलमा लेस्टर सिटीविरुद्ध लिभरपुल विजयी भएको छ। गय राति भएको खेलमा लिभरपुलले लेस्टरलाई ३–० गोलले पराजित गरेको हो।
लिभरपुलको जितमा डिओगो जोटा र रोबेर्टो फिर्मिनोले गोल गरेका थिए। लेस्टरका खेलाडीलेले आत्मघाती गोल गरेपछि एक गोल लिभरपुलले उपहारस्वरुप पाएको थियो।
खेलको २१ औं मिनेटमा लेस्टरका जोनी इभान्सले आत्मघाती गोल गरेसँगै घरेलु मैदानमा लिभरपुलले शुरुवाती अग्रता बनायो। खेलको ४१ औं मिनेटमा लिभरपुलका डिओगो जोटाले गाेल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए।
त्यस्तै, दोस्रो हाफको अन्त्यतिर फिर्मिनोले गोल गर्दै लिभरपुलको जित पक्क गरे। जितसँगै शीर्षस्थानको टोटनह्यामसँग अंक बराबरी गरेको लिभरपुल दोस्रो स्थानमा छ। दुबै टोलीले समान ९ खेलबाट २० अंक जोडेका छन्।