काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेको बेला चीनकी राजदूत होउ यान्छी र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
स्रोतका अनुसार प्रचण्डलाई भेट्न राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकी थिइन्न्। भेटमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताइएको छ। भेटमा राजदूत यान्छीले चीनका राष्ट्रपति सी जिङफिङले लेखेको पछिल्लो किताब प्रचण्डलाई उपहार दिएकी थिइन्।
मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन्। नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी थिइन्।