कास्कीको पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक यात्रु गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो भएको सो दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेट्रो सिटी अस्पतालमा लगिएको थियो तर, चिकित्सकले मृत घोषणा गरेका थिए।
प्याराग्लाइडिङ दुर्घटना काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारको लागि काठमाडौं ल्याइएको छ। उनको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको बताइएको छ।