दाङको गढवा गाउँपालिका–१ चिसापानीका एक युवकले आफ्नै हजुरआमाको हत्या गरेका छन्। ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले २८ वषीय जीवन घर्तीलाई पक्राउ गरेको छ।
मानसिक सन्तुलन ठिक नभएका जीवनले सुतिरहेको अवस्थामा घरका सबै सदस्यमाथि दाउराको चिर्पट प्रहार गरेका थिए। चिर्पट लागेर गम्भीर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो।
कुटपटिबाट घाइते भएका जीवनका दाजु, श्रीमती, छोरा र छोरीको उपचार भइरहेको प्रहरीले बताएको छ। जीवनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।