महोत्तरीको गौशाला नगरपालिका रामनगरमा एक सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत जवान उमेश महतो चौहान रहेका छन्।
काठ दाउरा लैजान सहजिकरण गरेबापत सेवाग्राहीबाट १७ हजार ६ सय रूपैयाँ घुस लिँदै गरेका महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियारले निज चौहानमाथि १७ हजार ६ सय बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्धम दमयर गरेको छ।