भारतीय चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा रिहा भएका छन्। नार्कोटिक्स ड्रग्स एण्ड साइकोट्रापिक सब्सटेन्सेज अदालतले उनीहरुलाई जमानतमा छोडेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु दुवैलाई १५–१५ हजार रुपैयाँ जमानत लिएर छाडिएको हो। नारकोटिक्स कन्ट्रोल ब्यूरोले गाँजा लिएको आरोपमा भारतीलाई शनिबार र हर्षलाई आइतबार पक्राउ गरेको थियो।
शनिबार एनसीबीको छापामा भारतीको घर तथा अफिसबाट ८६.५ ग्राम गाँजा फेला परेको थियो। उनले पति हर्षसँग गाँजा लिएको स्वीकार गरेकी थिइन्।