चितवनको भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२१ की ७३ वर्षीया महिला रहेकी छिन्।
उनको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेले जानकारी दिएका छन्। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलामा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
भरतपुर अस्पतालमा मंगलबार बिहान पनि रत्ननगर नगरपालिकाका कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो। यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ।