बैतडीमा जीप दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्। मंगलबार दिउँसो भएको सो दुर्घटनामा अन्य ४ जना गम्भीर घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परी दशरथचन्द नगरपालिकाकी ७५ वर्षीया पार्वती चन्द, ७७ वर्षका भागिरथ पाण्डेय, ५८ वर्षका कृष्ण लावड, ७० वर्षकी पार्वती चन्द र सुर्नया गाउँपालिकाकी ७५ वर्षकी कलावती चन्दको घटनास्थलमै मृत्यु भएको हो।
जीपमा भारतीय भूपू सैनिक परिवार सवार थिए। उनीहरु भारतबाट पेन्सन बुझेर घर फर्कँदै गर्दा दुर्घटनामा परेका हुन्। घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको प्रहरीले जानकारी दिएको छ।