नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पूर्वकप्तान पारस खड्कालाई भोट गर्न आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एसोसिएट राष्ट्रबाट दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा परेका पारसलाई भोट गर्न उनले अनुरोध गरेका हुन्।
‘मैले त पारस दाईलाई भोट गरिसकेँ, तपाईँले गर्नु भयो त?’ सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जानुस् नेपाली क्रिकेटका जीवित महापुरुषलाई भोट गर्नुस्।’
सन्दीपले पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सहि कदर गर्ने समय आएको बताएका छन्। उनले भोट गर्ने लिङ्कसहित फेसबुकमा स्टाटस लेखेर भोट गर्न अपिल गरेका हुन्।
अभिभावकविहीन नेपाली क्रिकेटको लामो समयसम्म कप्तानी सम्हालेका पारसलाई आइसीसीले एसोसिएट राष्ट्रबाट पछिल्लो दशककै खेलाडीको मनोनयनमा राखेको हो। नेपाललाई सन् २०१४ को टी–२० विश्वकपसम्म डो¥याएका पारसले नेपाललाई ओडीआईको मान्यता दिलाउन महत्वपूर्ण योगदान दिएका थिए।
पारसले गत वर्ष क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए। पारससँगै नेदरल्यान्ड्सका पिटर बोरेन, पपुवा न्युगिनियाका आसद भाला, स्कटल्यान्डका रिची बेरिङटोन, कालुम म्याकलियोड, काइल कोएट्जरले आइससिीको मनोनयनमा स्थान बनाएका छन्।