स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले युईएफ च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएका छन्। समूह चरणको गय राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई पराजित गर्दा युभेन्टसले फेरेन्कभारोसलाई हराएको हो।
मार्टिन ब्रेथवेटको दुई गोल मद्धतमा बार्सिलोनाले डिनामो किएभलाई ४–० गोलले पराजित गरेको हो। त्यस्तै, बार्सिलोनाको जितमा सर्जियो डेस्ट र एन्टोनी ग्रिजम्यानले एक एक गोल गरे। बार्सिलोनाले समूह चरणमा ४ खेलबाट १२ अंक बटुलेको छ।
त्यही समूहमा रहेको युभेन्टसले स्टार क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाको गोल मद्धतमा फेरेन्कभारोसलाई २–१ गोलले पराजित गर्याे। युभेन्टसले समूह चरणमा ४ खेलबाट ९ अंक जोडेको छ। समूह चरणको एक खेलमा युभेन्टस बार्सिलोनासँग २–० गोलले पराजित भएको थियो।