मोरङको विराटनगरमा थप ४ जना कोरोना संक्रमितको निधन भएको छ। मंगलबार रातिदेखि बुधबार विहानसम्म नोबेल मेडिकल कलेज र कोशी अस्पतालमा गरी ४ कोरोना संक्रमितको निधन भएको हो।
८ मंसिरमा संक्रमण पुष्टि भएका धनकुटा नगरपालिका– ४ का ८२ वर्षीय वृद्धको बुधबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७, सुनसरीकी ५० वर्षीया महिलाको मंगलबार राति ९ः१५ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ।
त्यस्तै, रामधुनी नगरपालिका–६, सुनसरीका ४० वर्षीय पुरुषको मंगलबार राति ११ः४० बजे मृत्यु भएको छ। धनपालथान गाउँपालिका– ६, मोरङकी ७० वर्षीया वृद्धाको बुधबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ।