रक्षक नै भक्षक भएपछि कस्को के लाग्छ र! आमाबुवापछि गुरूको स्थान हुन्छ।
तर, गुरूले गति छाडेपछि प्रहरीको खोरमा पुग्नुको विकल्प हुँदैन। कपिलवस्तुमा एउटा यस्तै घटना सार्वजनिक भएको छ।
बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सिपलको गिद्धेदृष्टि एक ११ वर्षीया बालिकामाथि पर्याे।
र, ती बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनी पक्राउ परेका छन्। यसरी पक्राउ पर्ने ‘यौनपिपासु’ हुन् कपिलवस्तु नगरपालिका–१ मालटोलका ४० वर्षीय यम खान।
खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। खानले मङ्सिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।