महोत्तरीको भंगाहा नगरपालिका–९ पथलैयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४१ वर्षीय रामनारायण शाह रहेका छन्।
करेन्ट लागेर गम्भीर घाइते भएका शाहको मंगलबार राति उपचारको क्रममा निधन भएको हो। सोही नगरपालिका–४ कोबिबारीस्थित काउली खेतमा विद्युतिय तारको घेरा लगाइएको थियो।
बाटो हिड्ने क्रममा शाह त्यही विद्युतीय तारमा परेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।