अर्जेन्टिनाका आदर्श फुटबल स्टार डिएगो म्याराडोनाको निधन भएको छ। म्याराडोनाको कार्डिक अरेस्टका कारण ६० वर्षको उमेरमा निधन भएको हो।
म्याराडोनालाई घरमै रहेका बेला हृदयघात भएको थियो। दुई हप्ता पहिले ‘ब्लड कल्ट’ बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको अर्जेन्टिनाका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
म्याराडोना विश्वका सर्वकालीन सर्वोत्कृष्ट फुटबलर हुन्। विस्तारित खेल जीवनमा म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए।
बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका म्याराडोनाको निधनले विश्वभरका फुटबल प्रेमी शोकमग्न भएका छन्।