भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला दुई दिने भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन्। चार्टर्ड जहाजमा बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा उत्रिएका श्रींगलालाई परराष्ट्र सचिव भरतराज पौडेलले स्वागत गरेका थिए।
विमानस्थलमा श्रींगलाले पत्रकारहरूसँग नेपालीमै बोलेका थिए। उनले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन्। उनले आफू पहिला नै नेपाल आउन चाहेको भए पनि कोरोनाभाइरसको माहामारीको कारण आउन नसकेको र अहिले नेपाल आउन पाएकोमा निकै खुसी भएको बताए।
यसअघि पनि नेपाल आएको तर परराष्ट सचिवको रुपमा पहिलो भ्रमण आएको उनले बताए। श्रींगलाका अनुसार भोलि गोरखा र मनाङको भ्रमणमा पनि जाने कार्यक्रम छ।