दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको भेटवार्ता शुरु भएको छ। बिहिवार विहान काठमाडौं आइपुगेका श्रृंगला हाल होटल याक एण्ड यतीमा दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन्।
जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन्। त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ।विदेश सचिव श्रृंगलाले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ।
प्रधानमन्त्रीसँगको भेटपछि उनी शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। त्यस्तै भोलि उनी गोरखा र मनाङ जाने कार्यक्रम रहेको छ। उनी भोलि नै भारत फर्किनेछन्।