दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार नेपाल आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।
बिहीबार विहान काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा छन्। उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटपछि उनी शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। त्यस्तै भोलि उनी गोरखा र मनाङ जाने कार्यक्रम रहेको छ। उनी शुक्रबार नै भारत फर्किनेछन्।