धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ। बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८ दशमलव ४३ बिन्दुले उकालो लागेर एक हजार ८९३ दशमलव २४ मा पुगेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलव ८५ बिन्दुले वृद्धि भई ३६५ दशमलव १८ मा पुगेको छ। साताको शुरुआतदेखि नै उकालो लागेको नेप्से आज साताको अन्तिम दिनमा उकालो लागेर नै बन्द भएको छ।
कूल २०१ कम्पनीको एक करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ मूल्यमा कारोवार भयो। स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ।
बैंकिङ ३७ दशमलव ७६, जलविद्युत् ६ दशमलव ८२, उत्पादन शून्य दशमलव ०९, अन्य १५ दशमलव ३६ र सामूहिक लगानी कोष शून्य दशमलव ०७ बिन्दुले उकालो लागेको छ। यस्तै, व्यापार १३०।६६, होटल ४३ दशमलव ६५, विकास बैंक ८ दशमलव ३५, वित्त ५ दशमलव ८७, निर्जीबन बीमा १६५ दशमलव ०१, लघुवित्त १६ दशमलव ६५, जीवन बीमा १३४ दशमलव ३२ बिन्दुले ओरालो लागेको छ।
कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ५८ करोड १३ लाख १७ हजार १७८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ।
यस्तै, नविल बैंक रु ३८ करोड ३४ लाख ४१ हजार ४०१, शिवम् सिमेन्ट रु २८ करोड ९१ लख ९५ हजार ५३२, नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड २७ लाख ३८ लाख १३०, नेपाल बैंक लिमिटेड रु २५ करोड ५१ लाख ६८ हजार ३०, प्रभु बैंक रु २२ करोड ७४ लाख २५ हजार ४६०, हिमालयन डिस्टिलरी रु २२ करोड १२ लाख ६४ हजार १३५, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८७ लाख ८७ हजार र कुमारी बैंक रु १७ करोड ६३ लाख १४ हजार ७५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।
आज कारोवार भएकामध्ये ४८ कम्पनीको शेयर उकालो लागेको छ भने ११७ कम्पनीको शेयर ओरालो लागेको छ। यस्तै, सात कम्पनीको शेयर भने स्थिर रहेको छ।
कारोवारका आधारमा एनएमबी माइक्रोफाइनान्स १०, पाँचथर पावर कम्पनी ९ दशमलव ९५, हिमालयन ऊर्जा विकास कम्पनी ९ दशमलव ७९, आँखु खोला जलविद्युत कम्पनी ९ दशमलव ५९, नविल बैंक ८ दशमलव ८६, कुमारी बैंक ६ दशमलव ५६, नेपाल बङ्गलादेश बैंक ५ दशमलव ६२, चिलिमे जलविद्युत् कम्पनी ५ दशमलव ४१ र नेपाल पुनरबीमा कम्पनीका लगानी कर्ताले ५ दशमलव १० प्रतिशतले कमाए।
यस्तै, साल्ट टेडिङ कर्पोरेशन ६ दशमलव १८, ङादी ग्रुप अफ पावर ५ दशमलव ८८, बोटलर्स नेपाल तराई ५ दशमलव ६७, सांग्रिला डेभलपमेन्ट बैंक ५ दशमलव ३४, मल्टीपर्पोज फाइनान्स कम्पनी ४ दशमलव ९२, कर्णाली डेभलपमेन्ट बैंक ४, रिडी हाइड्रोपावर ३ दशमलव ९३ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ८८ प्रतिशतले गुमाए। रासस