नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन्।
पेटसम्बन्धी समस्याका कारण नेकपा स्थायी कमिटी सदस्य पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएका हुन्।
नेकपा केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख विष्णु रिजालले ट्वीटरमार्फत् पन्तको शीघ्र स्वास्थ्यको कामना गरेका छन्।
पन्तको अवस्था सामान्य रहेको र एकसाता अस्पतालमै आराम गर्न पन्तलाई चिकित्सकले सुझाव दिएका छन्।