भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले शानदार शुरुवात गरेको छ। पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको लागि ओपनरद्वय आरोन फिन्च र डेविड वार्नरले शतकीय साझेदारी गर्दै टिमलाई उत्कृष्ट शुरुवात दिलाएका छन्।
टिमले २७.५ ओभरमा १ सय ५६ रन बनाउँदा ओपनर वार्नर ७६ बलमा ६९ रन बनाएर पवेलियन फर्किएका छन्। उनलाई भारतीय बलर मोहम्मद सामीले क्याच आउट गराएका हुन्।
जारी अवस्थामा अष्ट्रेलियाले ३१.३ ओभरमा एक विकेट गुमाउँदै १ सय ८२ रन बनाएको छ। क्रिजमा आरोन फिन्च एक सय २ बलमा ८६ रन र स्टेभेन स्मिथ १३ बलमा १२ रन बनाएर खेलिरहेका छन्।