बेलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन्।
उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बाँच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए। उनले भने, ‘ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्को लकडाउन गर्न बाध्य हुने छौँ।’
उनले बिहिबार पत्रकार सम्मेलनका क्रममा नयाँ वर्षको अवसरमा बेलायतका नागरिकले हाल सरकारले बनाएका नियमहरुको उल्लंघन गर्ने काम भयो भने देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुन सक्ने बताए।