एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ। अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको हो।
अष्ट्रेलियाको पारीमा कप्तान आरोन फिन्चले शतक प्रहार गरे। उनले १ सय २४ बलमा १ सय १४ रन बनाए। त्यस्तै, स्टेभेन स्मिथले पनि विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले ६६ बलमा १ सय ५ बनाउँदा ग्लेन म्याक्सवेलले १९ बलमा ४५ रन बनाए। अर्का ओपनर ब्याट्सम्यान डेविड वार्नरले ७६ बलमा ६९ रनको योगदान दिए।
भारतको बलिङमा मोहम्मद शामिले ३ विकेट लिए। उनले १० ओभरमा ५९ रन खर्चिएका थिए। त्यस्तै, युभेन्द्र चाहल र जसप्रित बुम्राह र नाभदीप सैनिले समान एक एक वकेट लिए।