कोरोना कहरमा खटिएका सबै कर्मचारीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको जानकारी दिँदै मन्त्रायलले कोरोना महामारीकाबीच खटिएका स्वास्थ्यकर्मीलगायत सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो आएको बताउँदै सम्बन्धित सबैलाई जोखिम भत्ता दिन आग्रह गरेका छन्।