काश्मीर हमलामा परी भारतीय सेनामा कार्यरत एक नेपाली युवकको निधन भएको छ। दाङ तुलसीपुर घर भएका ३० वर्षीय प्रेम केसीको शुक्रबार भएको आतंककारी हमलामा मृत्यु भएको हो।
जम्मु काश्मीरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान हमला भएको थियो। हमलामा परी गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको बताइएको छ।
एक छोरा र एक छोरीका बुवा प्रेम १४ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। उनका पिता लालबहादुर केसी पूर्व भारतीय सेना रहेको बताइएको छ।