पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा गोपी भट्टराई सर्वसम्मत निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन्।
त्यसैगरी सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका छन्। बाँकी दुई सदस्य कार्यसमितिले चयन गर्ने जनाइएको छ। परिषद्मा पोखराका पर्यटन क्षेत्रसँग सम्बद्ध १२ वटा संस्था आबद्ध छन्।
निर्वाचित भएसँगै रासससँगको कुराकानीमा अध्यक्ष भट्टराईले कोरोना महामारीले अस्तव्यस्त बनेको पोखराको पर्यटनलाई चलायमान बनाउन परिषद् सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए।
कठिन अवस्थामा प्राप्त जिम्मेवारीलाई चुनौतीसँगै अवसरका रुपमा लिँदै पोखराको पर्यटन विकासका लागि तीनै तहका सरकारसँग समन्वय गरी नयाँ खोज र सोचका साथ अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।