सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ। ३ गते स्थगित भएको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएका जवालको जवाफ दिने कार्यक्रम छ।
बालुवाटारमा बसिरहेको बैठकमा कात्तिक २८ मा अध्यक्ष प्रचण्डले प्रेश गरेको प्रस्तावमाथि ओलीले जवाफ दिने छन्। प्रचण्डले पेश गरेको १९ पृष्ठको प्रतिवेदनका सन्दर्भमा ओलीले जवाफ दिने छन्।
ओलीले ३ गतेको सचिवालय बैठकमा जवाफमा दिनका लागि १० दिनको समय मागेका थिए। यसैगरी, नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गते र केन्द्रीय कमिटी बैठक पनि यही मंसिर २५ का लागि तय गरिएको छ।