नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ। बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजे सकिएको हो। निर्वाचनका लागि तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो।
एशोसिएट तर्फको मतदान केन्द्र कार्की बैक्वेटमा वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा र जिल्ला नगरतर्फ राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा तोकिएको हो।
मतगणना पनि शुरु भइसकेकाे छ। आइतबारसम्म नतिजा आउने कैलालीकाे टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए।
निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल खडा गरेर प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्यहरू गरी कुल ६४ पदका लागि निर्वाचन भएको हो।
महासंघमा देशभरका १ सय ५ वटा जिल्ला–नगर उद्योग वाणिज्य संघहरू सदस्य छन्। जिल्ला–नगरतर्फ शतप्रतिशत मतदान भएको छ।
महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ। महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा भइरहेको छ।