अष्ट्रेलियामा पढ्नका लागि गएका नेपाली विद्यार्थी अनेक स्क्यान्डलमा फस्ने गरेका छन्। त्यस्तै घटना अहिले चर्चामा छ।
अष्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थीहरू ‘ग्याङफाइट’मा उत्रिएका छन्। कुटाकुटमा घाइते भएकामध्ये एक विद्यार्थीको मृत्यु भएको छ।
ललितपुर स्थायी ठेगाना भएका अमित कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। घटना गएको शनिबारको हो। सिड्नीस्थित एउटा बारमा नेपाली विद्यार्थीहरूबीच झगडा भएको थियो।
बारबाट निकालिएपछि पनि उनीहरू आपसमा लडेका थिए। सोही क्रममा घाइते भएका कार्कीलाई तत्कालै उपचारका लागि सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा कार्कीको मृत्यु भएको हो। यसैबीच, घटनामा संलग्न रहेको अभियुक्तमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।