जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हे काठमाडौं आइपुगेका छन्। नेपालको एकदिने कार्यशील भ्रमणका लागि चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर रक्षामन्त्री फेङ्हे काठमाडौं आइपुगेका हुन्।
रक्षा मन्त्री फेङहे विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन्। दूतावासमा केहीबेर बसेपछि उनी दिउसो नेपाली सेनाको मुख्यालय जंगी अड्डा जाने छन्। त्यहाँको उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन्।
त्यहाँको कार्यक्रम सकेर रक्षा मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दिउँसो ३ बजेतिर प्रधानमन्त्री सरकारी निवास बालुवाटार जाने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँग भेटेवार्ता सकेपछि फेङहे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानेछन्।
उनी आजै साँझ स्वदेश फर्कने कार्यक्रम छ।